Logo मंसिर १०, २०७७ बुधबार


खानपानमा ध्यान नपुग्दा टीकाको दिन अस्पतालमा..

कैलाली । जोशीपुरका सन्देश तौरासिया दशैंको टिकाको दिन अस्पतालमा भर्ना हुनुभयो । उच्च रक्तचाप र मधूमेहको बिरामी सन्देशलाई दशैंको खानपानले बिरामी बनाएको हो ।

‘घरमा बोका काट्यौं, चिल्लो रोटी धेरै खाइयो, जसले मलाई समस्या भयो’, चौरासियाको मनाई छ । ‘चाडपर्वमा घरमा चिल्लो खानेकुरा बढी पाक्यो, शरीरमा चीनिको मात्रा बढी भयो । सोमबार दशैंको टीका लगाउने दिन म त बिरामी परेर टीकापुर अस्पतालमा छु ।

चाडबाडका बेला खानपिनमा सचेत नहुने आम चरित्र देखिन्छ । गाउँघरमा बलीका रुपमा होस् या दशैं मनाउन काटिएको खसीको मासु ३/४ दिनसम्म पनि खाने चलन गलत भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताउनुभयो ।

सामान्य तया शरीरलाई चाहिएको भन्दा बढी मात्रामा खाए जुनसुकै खाद्यपद्धार्थले पनि असर गर्ने चिकित्सकहरु बताउँछन् । दीर्घरोगी, उच्च रक्तचापका बिरामी र कोलेस्टोर भएका बिरामीले मासु खाँदा विशेष ध्यान दिनुपर्ने डा. कँडेलको सुझाव छ ।

त्यसैगरी, टीका लगाउँदा भीडभाड नगरी, मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई दशैं मनाउन समेत स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…