Logo मंसिर ९, २०७७ मंगलबार


कोरोना महामारीले रोजगारी गुम्यो, चुलो बाल्न गिट्टीबालुवाको भर

डडेलधुरा । कोरोना भाइरस महामारीका कारण यतिबेला विश्व आक्रान्त बनिरहेको छ । विश्वभर कामकाज, उद्योगधन्दा, व्यापारव्यवसाय लामो समय बन्द हुँदा शक्तिशालि मानिने राष्ट्र समेत आर्थिक संकटमा पर्न थालेका छन् ।

यतिबेला रोजगारी गुमाएका मानिसलाई दैनिकी चलाउनै मुस्किल परिरहेको छ । भारतमा रोजगारीका लागि गएका धेरै नेपालीहरु कोरोना महामारीका बेला नेपाल फर्किए । परिस्थिति सहज होला भन्दाभन्दै दिनप्रति दिन कोरोनाको जोखिम बढ्दै गयो । काम छोडेर रोगबाट बच्न गाउँ फर्किएका डडेलधुराबासी यतिबेला के खाने, के लगाउने भन्ने चिन्तामा छन् ।

जिल्लाका अधिकांश महिला, पुरुष यतिबेला नदी किनारमा गिट्टी कुट्न, बालुवा छान्नमा व्यस्त छन् । लामो समयदेखि बेरोजगार भएर बसेकाहरु चुल्लो बाल्नै मुस्किल परेपछि नदीका बालुवा र गिट्टीमा भर परेका देखिन्छन् ।

गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । बिहान ६÷७ बजेदेखि नै नदी किनारमा बालुवा, गिट्टी र ढुंगा संकलनका लागि उनीहरु पुग्छन् । बालुवा प्रतिट्याक्टर तीन हजार, गिट्टी प्रतिट्याक्टर दुई हजार पाँच सय र ढुङ्गा एक हजार तीन सयका दरले बिक्री गर्ने गरेको स्थानीय सागर ठगुन्नाले बताउनुभयो । भारतमा होटेलमा काम गर्दा मासिक भारु २० हजार कमाउने गरेको भए पनि कोरोनाले रोजगारी गुमेपछि घर परिवार पाल्नका लागि बालुवा तथा गिट्टी सङ्कलन गरी बिक्री गर्दै आइरहेको उहाँले बताउनुभयो ।

कोरोनाले रोजगारी गुमेको भए पनि नदीको बालुवा गिट्टीले साँझ बिहानको जोहो गर्न सजिलो भएको गन्यापधुरा–३ का इन्द्र दमाईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतमा काम गर्ने होटेल बन्द भएपछि घर आएको हूँ, घर खर्च चलाउनका लागि अहिले वालुवा गिट्टी बेच्ने गरेको छु ।’ तीन÷चार दिनमा एक ट्याक्टर बालुवा तथा गिट्टी बिक्री गरी मासिक २५/३० हजार आम्दानी गर्ने गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगारको तथ्यांक सङ्कलन गरिहेको र उनीहरुको सीपअनुसार रोजगारी सिर्जना गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । पालिकाले गर्ने विकास निर्माणका काममा स्थानीय व्यक्तिलाई मात्रै प्रयोग गर्ने र व्यावसायिक तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने नीति ल्याएको अध्यक्ष मल्लको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।