Logo मंसिर ११, २०७७ बिहीबार


इंग्लिस प्रिमियर लिगमा टोटेनहमको साँघुरो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित निकालेको छ । सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १–० गोल अन्तरको जित निकालेको हो ।

बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए । ह्यारी केनको पासमा सनले निर्णायक गोल गरेका हुन् ।

जितसँगै टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ । टोटेनहमले ६ खेलमा ११ अंक जोडेको छ । बर्नलीले पाँच खेलमा एक अंक जोडेको छ । बर्नली लिगको १८ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…