Logo मंसिर ११, २०७७ बिहीबार


चीनबाट च्याङ्ग्रा नआउँदा हुम्लीको दशैं महंगो

हुम्ला । जिल्लाको यो वर्ष दशैं महंगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैं महंगो भएको हो । विगतका वर्षमा चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैंं मनाउने गर्थे भने यो वर्षको दशैं महंगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताउनुभयो ।

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने भए पनि स्थानीय खसी खरिद गर्दा रु २७ हजारसम्म पर्ने हुनाले यस पटकको दशैंं महंंगो भएको अर्का स्थानीय कालु बोहराले बताउनुभयो ।

खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार रु १५ देखि २७ हजारसम्ममा बिक्री गरिएको बताउनुभयो ।

स्थानीय खसीको मूल्य बढी पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहरा बताउनुहुन्छ ।  चिनियाँ च्याङ्ग्रा नआउँदा दशैंका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…