Logo मंसिर ९, २०७७ मंगलबार


आईपीएल क्रिकेटमा सन्दिप लामिछाने आवद्ध दिल्लीकाे खेल हुँदै

काठमाडाैं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मंगलबार साँझ दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्लीले दुबईमा हैदराबादसँग खेल्नेछ । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे शुरु हुनेछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न दिल्लीलाई कठिन भने हुनेछ ।

हैदराबाद पनि जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ । हैदराबाद ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।