Logo मंसिर ९, २०७७ मंगलबार


भारत र अमेरिकाबीच आदानप्रदान तथा सहकार्य सम्झौता

काठमाडाैं । भारत र अमेरिकाबीच आधारभूत आदानप्रदान तथा सहकार्य सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौताका लागि अमेरिकाका रक्षामन्त्री मार्क टी एस्पर र परराष्ट्रमन्त्री माइकल आर पोम्पेओ सोमवार नयाँ दिल्ली पुग्नुभएकाे हाे ।

उहाँहरूकाे भारतीय समकक्षीहरू रक्षामन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री एस जयशंकरसँग कुराकानी भइरहेकाे भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । अमेरिकामा राष्ट्रपति चुनाव आउनुभन्दा एकसाता अघि भारत र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई यस सम्झौताले थप सुदृढ बनाएको विश्लेषण गरिँदैछ । भारतको रक्षा मन्त्रालयले यस भ्रमणका क्रममा बेका सम्झौता हुने भनी सन्तोष व्यक्त गरेको छ ।

विगत चार वर्षमा भारत र अमेरिकाबीच तीनवटा आधारभूत सैन्य सम्झौता भएका छन् जसले गर्दा दुई देशबीचको सैन्य सम्बन्ध थप निकट बनेको छ । रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, दुवै देशका रक्षामन्त्रीले विभिन्न क्षेत्रमा द्विपक्षीय रक्षा सहकार्यमा समीक्षा गरेका छन् ।

अमेरिकी रक्षामन्त्री एस्परदले मालाबार २०२० सैन्य अभ्यासमा अस्ट्रेलिया पनि सहभागी हुने विषयलाई स्वागत गरेकाे बताइएकाे छ । उक्त अभ्यासमा अस्ट्रेलिया पनि सामेल हुने भनी भारतले केही दिनअघि घोषणा गरेको थियो ।

मंगलवारको बैठकमा पनि चारैजना मन्त्रीहरूले विशेष विषयमा कुराकानी गर्ने बताइएको छ । सम्झौता भएपछि भारतले अमेरिकाको भूस्थानिक सूचना उपयोग गर्न पाउँछ र क्षेप्यास्त्र तथा सशस्त्र ड्रोन जस्ता हतियार र स्वचालित प्रणालीको सटीकता बढ्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ । यस सहकार्यअन्तर्गत उच्चस्तरीय भूउपग्रहीय तस्बिर, टेलिफोन इन्टरसेप्ट तथा सीमामा चिनियाँ सैनिक र हतियार तैनाथीको आँकडा आदानप्रदान पनि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।