Logo बैशाख २, २०७८ बिहीबार


भारतीयसेना प्रमुख नरभानेको नेपाल भ्रमणको एकपक्षीय मिति तय

काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ ।

नरभाने आगामी नोभेम्बर ४ तारिखमा तीन दिने नेपाल भ्रमणका लागि आउने मिति भारतीय पक्षले तय गरेको हो । नेपाली पक्षसँग कुनै छलफल नै नगरी भारतीय पक्षले नरभानेको नेपाल भ्रमणको मिति तय गरेको नेपाली सेनाको जंगीअड्डा स्रोतले जनाएको छ ।

यसबारेमा आज दुई देशका अधिकारीबीच छलफल हुने पनि बताइएको छ । आजको छलफलबाट भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने नेपाली सेना स्रोतको भनाइ छ ।

भारतीय पक्षले तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको स्रोतले बतायो ।
नेपाल र भारतबीच सीमा विवाद चर्किरहेको बेला भारतीय स्थल सेना प्रमुख नरभानेको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक कुराकानी हुने अपेक्षा गरिएको छ ।

नेपाल भ्रमणका क्रममा नेपाली सेनाका तर्फबाट भारतीय सेनाप्रमुख नरभानेलाई मानार्थ सेनापतिको सम्मान दिने कार्यक्रम छ । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच चर्किएको सीमा विवाद चर्किएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।