Logo बैशाख ३१, २०७८ शुक्रबार


यस्तै भयाे यसपालिकाे दशैं…

-सुजन तिमल्सिना 
बडादशैंको आज ११औं दिन कतिपय मानिसहरू नजिकैको इष्टमित्रकोमा गएर टीका ग्रहण गर्दैछन् होला र कतिका दशैं नै सकियाे हाेला । किनभने यसपालि कोरोना महामारीको विषम परिस्थितिको अवस्थामा पनि दशैं मनाउँदैछन् । हामी र हाम्रो परिवारमा मात्र सिमित बडादशैं कोरोना सङ्क्रमणको डरले घरका मान्यजनहरूको टीका र आशिर्वादमा सिमित भयाे जुन विगतका दशैं जस्तो दशैंको रौनक कतैपनि देखिएकाे छैन । हाम्रा लागि दशैं टीका नलगाउन्जेल मात्र भयाे,  टीका लगाइसकेपछि दशैं पनि सक्कियाे ।

मानिसमा हरेक किसिमको इच्छा अपेक्षा अनुभव लगायतका विभिन्न कुराहरू मनमा खेलिरहँदा केही नयाँ, नौलो र पृथक त हुने नै भइहाल्यो तरपनि मेरो १६ वटा दशैंभन्दा यसपालिको दशैं निकै नै छुट्टै भिन्न र अझ भनौं कस्तो भयो भयो… ।

यसपालि काठमाडौंमै दशैं मान्ने एउटा रहरले भनौं या कहरले यतै बसियो। हिजो दशमीमा जब निधारमा टीका लगाएपछि दशैं हो कि औंसी पूर्णिमा हो जस्तो लागेको थियो । जब जमरा पनि देखेँ यो त दशैं कै टीका हो भन्ने कुरामा विश्वस्त रहेँ । विगतमा जस्तै राजधानीमा दशैंको चहलपहल देखिएन । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको आग्रह अनुसार सर्वसाधारणको चहलपहल देखिएन । टीकाको दिन करिब दिनभरीनै राजधानी चकमन्न भयो ।

दशैंमा विजयको प्रतिकका रूपमा कहीँ रातो टीका लगाइन्छ भने कहीँ जाति विशेष सेतो टीका पनि लगाइने गरेको देखियो । कहीँ रोटेपिङ त कतै लष्ठे पिङ यसपालि त अझ भनौं फोटोमा बाहेक अन्त कतै देखिएन पिङ पनि ।

दशैंमा पनि त कहीँ दशमीको दिनमात्र टीका लगाउने प्रचलन पाहिन्छ भने कहीँ पूर्णिामासम्म टीका लगाउने चलन पनि पाइन्छ । सायद यस्तैयस्तै कारणले गर्दा पनि त हो हामीले हाम्रा सबै चाडपर्वहरूलाई महत्त्वपूर्ण रूपमा लिइएको ।

दशैं भन्ने बित्तिकै नयाँ लुगा, चिचिपापा, मासु, पिङ, नयाँ  पैसा, मामाघर अझ इच्छा अनुसारका आवश्यकता पूर्ति गर्ने सयका रूपमा दशैंको रमझम बढी नै हुन्छ । मामाले कति दिनुभयो ? मम्मीले र बाबाले किन मलाई कम र उसलाई धेरै  ?त्यसपछि शुरू हुन्छ च्याँच्याँ र झगडा । साँच्चै दशैं त सानो बेलामा मात्र रमाइलो लाग्ने रहेछ ।  पछि त बिस्तारै दशैं आयो रे भन्दापनि आइपुगिसकेपछि मात्र थाहा हुन्छ । कहीँ निकै बाध्यता लुकेको हुन्छ त कहीँ रहर ।

यस्तैयस्तै सोचाइ, भोगाइ र  संघर्षले नै जीवनमा थप हौसला  र उर्जा प्रदान गरी अघि बढ्न थप तपोशील र कर्मनिष्ठ रूपमा आगामी पाइला छलाङ मार्न र उन्नति प्रगतिप्रति नसोचेको शक्ति र तागत प्रदान गर्दोरहेछ ।

लौत यसपालिको दशैं जस्ताे भया यस्तै भयो । यसमा नभुलौं, अब थप जिम्मेवारी र कर्मनिष्ठ भएर हामी सबै आआफ्नो कामतर्फ लागौं । दशैं त अर्को वर्षपनि त आइहाल्छ नि । यसवर्ष नपुगेका ठाउँहरूमा अर्को वर्ष अवश्यै पुगौंला । अर्को वर्ष थप हर्ष उल्लासका साथ दशैं मनाउँला यसपालि यस्तै भयाे…।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…