Logo बैशाख ३१, २०७८ शुक्रबार


सूर्यको प्रकाश लाग्ने चन्द्रमाको क्षेत्रमा समेत पानी

एजेन्सी । वैज्ञानिकहरुले पहिलोपटक सूर्यको प्रकाश लाग्ने चन्द्रमाको क्षेत्रमा समेत पानी रहेको तथ्य पत्ता लगाएको छ ।

अमेरिकी नासाले गरेको एक खोजले चन्द्रमाको घमाइलो सतहमा पनि पानीको अणु रहेको सम्भावनालाई उजागार गरेको हो । यसभन्दा अघि चन्द्रमाको चिसो र छायाँ लाग्ने क्षेत्रमा मात्र पानी रहेको अनुमान गरिदै आएको थियो ।

अमेरिकाको हवाइ विश्वविद्यालय समेत केही अनुसन्धानकर्ताहरुले नासााको स्ट्रेटोस्फीयरिक अब्जर्वेटरी फर इन्फ्ररेड एस्ट्रोनोमी (सोफिया) को डेटाको प्रयोग गरी क्लेवियस क्रेटरमा पानीको अणुहरु (एचटुओ) पत्ता लगाएका हुन् । उक्त क्रेटर चन्द्रमामा रहेको सबैभन्दा ठूलो गढी हो ।

उक्त गढी चन्द्रमाको दक्षिणी गोलार्द्धमा अवस्थित रहेको छ । यसलाई पृथ्वीबाट समेत देख्न सकिन्छ ।

‘नेचर एस्ट्रोनमी’ पत्रिकामा प्रकाशित एक रिपोर्टका अनुसार चन्द्रमाको क्लेवियस क्रेटर क्षेत्रमा एक सयदेखि ४ सय १२ प्रति दस लाखको साद्रतायुक्त पानीको सतह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…