Logo मंसिर ९, २०७७ मंगलबार


नेकपाको चियापान कार्यक्रम स्थगित

काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

नेकपाका केन्द्रीय कार्यालयका तर्फबाट मंगलबार विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ।

यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि कोरोना महामारीका कारण चियापान कार्यक्रम नगर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।