Logo मंसिर ९, २०७७ मंगलबार


कोरोना भाइरसबाट प्रभावित मुलुकको सूचीमा नेपाल ३४ औं स्थानमा

काठमाडौं । कोरोना भाइरसबाट प्रभावित विश्वका मुलुकहरुको सूचीमा नेपाल ३४ औं स्थानमा रहेको छ ।

वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० रहेको छ । हालसम्म नेपालमा ८ सय ६२ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ३८ लाखभन्दा बढी छ । हालसम्म ११ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएका छन् । जसमध्ये २ लाख ३१ हजार ४५ जनाको मृत्यु भएको छ।

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ।

यस्तै तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ४१ रहेको छ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चौथो, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना सातौँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशौँ स्थानमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।