Logo मंसिर ९, २०७७ मंगलबार


नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देही र पाल्पामा दुई/दुई सुनसरी र चितवनमा एक÷ एक जना गरी थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

रुपन्देहीमा मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका वडा नं ११ की ५० वर्षीया महिला र बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै पाल्पामा मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका वडा नम्बर ३ की ६९ वर्षीय महिला र रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का ७४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीको धरानका ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

यस्तै चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं २१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।