Logo मंसिर ९, २०७७ मंगलबार


कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरेको छ ।

बोर्डले परीक्षार्थीलाई कोरोनाबाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरेकोे हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्नेछ ।

यसपटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर र एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी राख्न पाइने छैन ।

कोरोनाको कारण स्थगित परीक्षा ९ मंसिरदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो ।

बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट प्राप्त अंकबाट जोडिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।