Logo मंसिर ११, २०७७ बिहीबार


दसैंलगत्तै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दसैंलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले आफूमाथिको अविश्वास प्रस्ताव गत कात्तिक ७ गते असफल गराएपछि असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको हो । मन्त्रिपरिषदमा आफूनिकट र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई समेट्ने शाहीको तयारी रहेको छ ।

मुख्यमन्त्रीले नेपाल पक्षबाट करविर शाही, अमरबहादुर शाही र चन्द्रबहादुर शाहीमध्येबाट मन्त्री बनाउने तयारी गर्नुभएको बताइएको छ । यस्तै, आफूनिकटबाट गोपाल शर्मा, विन्दमान विष्ट र सीताकुमार नेपाली मध्येबाट मन्त्री बनाउने मूख्यमन्त्री शाहीको तयारी छ ।

कर्णाली विवादका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै पत्र लेखेर निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…