Logo मंसिर ११, २०७७ बिहीबार


अभिनेत्री माल्वी मल्होत्रामाथि छुरा प्रहार

एजेन्सी । बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि छुरा प्रहार भएको छ ।

उनलाई पेटमा छुरा प्रहार गरि हत्याको प्रयास भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छुरा प्रहारबाट घाइते भएकी उनलाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । अभिनेत्री माल्वीले चर्चित टेलिभिजन सिरियल उडानबाट लोकप्रियता पाएकी थिइन् । उनले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् ।

पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए । माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ ।

उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइएको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ ।

आक्रमणकारीको पहिचान भइसकेको छैन । आक्रमणकारीविरुद्धवर्सोवा पुलिस स्टेसनमा मुद्दा दर्ता गरी खोजी भइरहेको छ । आक्रमण किन गरियो भन्ने पनि अहिलेसम्म प्रस्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…