Logo मंसिर १०, २०७७ बुधबार


नेपालमा ७४ प्रतिशत कोरोना संक्रमित निको भए

काठमाडौं । नेपालमा ७४ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८ सय ४३ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, वागमतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् ।

देशभर आज ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ७ सय २५ नमूना परीक्षण गर्दा उक्त सङख्यामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँमा २ सय २५, भक्तपुरमा चार र ललितपुरमा २३ सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, वागमतीमा २ सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा १ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । कर्णाली र सुदूपश्चिममा आज सङ्क्रमित भेटिएका छैनन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार चार सय पुगेको छ ।

४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४६४ सङ्क्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…