Logo मंसिर ९, २०७७ मंगलबार


बालबालिकाहरुलाई जबर्जस्ती खाना खुवाउनु गलत

रीता श्रेष्ठ,जीवनशैली डेस्क ।

बालबालिकाहरुलाई खाना खुवाउनु अभिभावकको लागि त्यत्ति सजिलो काम होइन । किनभने बच्चाहरु खाना खान त्यत्ति रुची राख्दैनन् । त्यसैले उनीहरुलाई फकाइ फुल्याई खाना खुवाउनुपर्ने हुन्छ । यसरी फकाईफकाई खुवाउदा कतिपयले बच्चाहरुको पेटभरि सक्दा पनि थाहा नपाई जबर्जस्ती बच्चालाई खाना खुवाइन्छ ।

बजारका अन्य खानेकुराको कारण अघाएका बालबच्चाहरुलाई आमाबाबाले फकाएर वा गाली गरेर वा मोबाइल चलाउन दिएर भुलाएर जबर्जस्ती खाना खुवाइरहेका हुन्छन् ।

हाम्रो नेपाली समाजमा बच्चाहरुले धेरै खानेकुरा खाए बच्चाहरु निरोगी र बलियो हुने र धेरै खाएपछि बच्चा आनन्दले सुत्छन् भन्ने आम सोंच र धारणा रहेको छ । जसका कारण आमाबुवाहरु जति सक्दो बच्चाहरुलाई खाना खुवाउने कुरामा अगाडि हुन्छन् । यतिसम्म कि बच्चाले खाना खान मानेनन् भने डाक्टरकोमा गएर बच्चाहरुलाई खाना रुच्ने औषधि खुवाउने गरेको समेत पाइन्छ । तर आवश्यक भन्दा बढि खाना खुवाउने गर्नाले बच्चालाई के कस्ता समस्या आउन सक्छन् भन्ने बारेमा भने त्यति सोचेको पाइदैन ।

बालबच्चाहरुलाई त्यसरी जबर्जस्ती खुवाउदा शारीरिक तथा मानसिक रुपमा असर हुने कुरा चिकित्सकहरु बताउछन् । बच्चाहरुलाई यसरी खुवाउदा बच्चाको पाचनप्रणाली कमजोर हुने, पेट फुल्ने, पखाला लाग्ने र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् । जबर्जस्ती खुवाउदा बच्चा जिद्दि हुने, रिसाउने र बहाना बनाउने जस्ता क्रियाकलाप गर्ने गर्दछन् । चिकित्सकका अनुसार यसको असर बालबालिकामा दीर्घकालीन हुने खतरा रहन्छ ।

बच्चाहरुलाई यसरी खुवाउदा बच्चाको पाचनप्रणाली कमजोर हुने, पेट फुल्ने, पखाला लाग्ने र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् । जबर्जस्ती खुवाउदा बच्चा जिद्दि हुने, रिसाउने र बहाना बनाउने जस्ता क्रियाकलाप गर्ने गर्दछन्

यस समस्याबाट मुक्ति पाउन आमाबुवाले बच्चाको भावना, खानाको रुची, अन्य खानेकुरा खाने नखाने विषयमा राम्ररी अध्ययन गर्नुपर्छ । बच्चाको खानाको उचित समय निर्धारण गरी आवश्यकता अनुसार मात्र खाना खुवाउनुपर्छ ।

यसो गर्दा खानाको रुटिन बन्छ र बच्चाहरुलाई त्यहि समयमा खाने बानी पर्छ । बच्चाले खाने मन गरेको छैन भने जबर्जस्ती खुवाउनु हुदैन । बरु किन खानमा मन भएन ? भन्ने कुरा बुझ्नु पर्छ । बच्चालाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न उनीहरुलाई आवश्यक मात्रामा खाना खान दिनुपर्छ । चाडवाडका बेला त अझ विषेश ध्यान पु¥याउनुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।