Logo बैशाख ३१, २०७८ शुक्रबार


‘नेपालको सार्वभौमिकताको विरुद्धमा बोलेका नरभानेलाई नेपाली सेनाले मानार्थ पद किन दिने ?’

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ ।

नेपालको अतिक्रमित क्षेत्रका बारेमा चीनको उक्साहटमा नेपालले गलत कदम चालेको भन्ने टिप्पणी गरेर नेपालको सार्वभौमिकता र अखण्डताको विरुद्धमा अभिव्यक्ति दिएका व्यक्तिलाई औपचारिक कार्यक्रमका लागि निम्त्याउन नहुने उहाँको टिप्पणी छ ।

नेपालको राष्ट्रिय अखण्डताका बारेमा विवादस्पद अभिव्यक्ति दिएका व्यक्तिलाई नेपाली सेनाका तर्फबाट उच्च मानार्थ पदबाट विभूषित गर्नु असान्दर्भिक हुने उहाँको भनाइ छ ।

‘सीमा विवादका विषयमा वार्ता वा छलफल गर्न पनि उनी उपर्युक्त पात्र नभएको राजनीतिक विश्लेषक श्रेष्ठको जिकिर छ, किनभने नरभाने भारतका सेना प्रमुख मात्र हुन् । उनले पनि माथिको आदेश पालना गर्ने मात्र हुन् । उनी सेनापति मात्र हुन् त्यसैले सेना सम्बन्धी कुरा मात्र उनीसँग हुन सक्छ ।’

नेपाल र भारतीय सेनाबीच विगतदेखि नै समधुर सम्बन्ध रहँदै आएको स्मरण गर्दै श्रेष्ठले बरु नरभानेकै पालामा त्यो सम्बन्धमा आँच आएको दाबी गर्नुभयो ।

एक टेलिभिजनसँगको कुराकानीमा श्रेष्ठले भने–सेनापति नै भए पनि कालापानीबाट भारतीय सेना फिर्ता गर्ने विषयमा उनीसँग कुरा गर्नुको कुनै तुक छैन । यसका लागि भारतीय राजनीतिक नेतृत्वसँगै वार्ता र छलफल हुन पर्छ ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गर्नुभएको भेटवार्ता आपत्तिजनक रहेको उहाँले बताउनुभयो । देशको कार्यकारी प्रमुखले कुनै देशको गुप्तचर संस्थाका प्रमुखसँग औपचारिक भेटवार्ता गर्नु कुटनीतिक मर्यादा विपरित रहेको उहाँको तर्क छ । यसले ओली नेतृत्वको सरकार कुटनीतिक रुपमा निकै कमजोर छ भन्ने पुष्टि हुने उहाँले बताउनुभयो ।

गोयलको नेपाल भ्रमण गलत नै भने नभएको र उनले नेपालको गुप्तचर निकायका प्रमुखसँग भेटवार्ता गर्न सकिने श्रेष्ठको भनाइ छ । तर नेपालको आठ घण्टे बसाइका बीचमा देशको प्रधानमन्त्रीले उनका लागि विशेष समय छुट्याएर सीधा भेटवार्ता गर्नु प्रधानमन्त्री ओलीको अपरिपक्का निर्णय भएको उहाँको ठम्याइ छ ।

यो नेपालको सार्वभौमसत्ता र सार्वभौम समानताका हिसावले पनि आपत्तिजनक रहेको राजनीतिक विश्लेषक श्रेष्ठको भनाइ छ । उहाँले गोयलको भ्रमणले प्रधानमन्त्री ओलीको राष्ट्रवादमै शंका उत्पन्न भएको जिकिर गर्नुभएको छ ।

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरभाने कात्तिक १९ गते नेपाल आउनुहुने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरभानेको भ्रमण तालिकाबारे जानकारी दिएको हो ।

४ सदस्यीय भ्रमण दलका साथ नेपाल आउने सेनाध्यक्ष नरभाने ३ दिन नेपाल बस्नुहुनेछ । नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरभानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

नरभानेलाई कार्तिक २० गते मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…