Logo मंसिर १४, २०७७ आइतबार


तीन करोड २४ लाख संक्रमणमुक्त, ११ लाख ७१ हजारको मृत्यु

काठमाडौं । विश्वमा तीन करोड २४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा कोरोनामुक्त हुनेको संख्या तीन करोड २४ लाख ३६ हजार नौ सय ६४ पुगेको हो ।

विश्वमा हालसम्म चार करोड ४२ लाख ३० हजार चार सय ९० मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ लाख ७१ हजार एक सय ९५ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९० लाख ३४ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । अमेरिकामा अहिले पनि २९ लाख २९ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामा नै छन् । यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३२ हजार २४ पुगेको छ ।

भारतमा हालसम्म ७९ लाख ८८ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ अहिले पनि ६ लाख ११ हजार ६ सय पाँच जना संक्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या एक लाख २० हजार ५४ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ६० हजार चार सय मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक लाख १८ हजार आठ सय ४३ जना निको भइसकेका छन् । हाल ४० हजार ६ सय ८१ जना मानिस संक्रमित अवस्थामा छन् । यहाँ कोरोना संक्रमणबाट आठ सय ७६ जना मानिसले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'