Logo मंसिर ११, २०७७ बिहीबार


मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

फाइल तस्बिर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा–११ वनहरा आर्यघाट जाने बाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा भीमदत्त नगरपालिका–६, ऐठपुर बस्ने ४२ वर्षीय विष्णु ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गोदावरी नगरपालिका–१० का ३४ वर्षीय युवराज जोशी घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरीत दिशाबाट आउँदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…