Logo मंसिर ११, २०७७ बिहीबार


कोरोनाका कारण भेडा च्याङ्ग्राको व्यापारमा कमी

शिब बोहोरा
बागलुङ । यसवर्ष हिमाली भेडा र च्याङ्ग्रा कम बिक्री भएका छन् । विश्वभर महामारीका रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९)का कारण यस वर्ष भेडा च्याङ्ग्राको व्यापारमा कमी अएको हो ।

यसपटक हिमालपारीको जिल्ला मुस्ताङबाट थोरै सङ्ख्यामा मात्रै भेडा–च्याङ्ग्रा भित्रएको बागलुङका एक व्यापारी बलबहादुर थापाले बताउनुभयो । भेडा–च्याङग्रा कम भित्रिएकोमा कोरोना भाइरस तथा लकडाउनलाई मुख्य कारण मानिएको छ । गत वर्षको तुलनामा यस वर्षको दशैंतिहारमा भेडा–च्याङग्रा ५० प्रतिशतले कम भित्रिएको बताइएको छ ।

हरेक वर्ष दशैं तिहारलाई लक्षित गरेर व्यापारीले मुस्ताङ पुगेर भेडा–च्याङ्ग्रा खरिद गर्ने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भेडा च्याङ्ग्राको खरिद बिक्रीमा समस्या देखिएको हो । सँधै नवमीको दिनमै सकिने भेडाच्याङग्रा यस पटक दशंैपछि पनि सकिएका छैनन् । एक सय तीन च्याङग्रामध्ये अझ ४५ वटा च्याङग्रा बाँकि रहेको करिब ८ वर्षदेखी बागलुङ बजारमा च्याङग्रा व्यवसाय गर्दै आउनुभएका बलबहादुर थापाले बताउनुभयो ।

मुस्ताङको भेडा–च्याङ्ग्रा खरिद गर्नका लागि म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, धादिङ र सिन्धुपाल्चोकका व्यापारी समेत मुस्ताङ पुग्ने गर्दछन् । चीनसँगको सिमाना नजिक भएकाले पनि तिब्बत, उपल्लो मुस्ताङ र डोल्पाबाट मुस्ताङ हुँदै म्याग्दी भएर देशका विभिन्न जिल्लामा भेडा–च्याङ्ग्रा निर्यात हुने गरेको छ ।

मुस्ताङबाट बाहिरिनेमध्ये ६० प्रतिशत भेडा–च्याङ्ग्रा मुस्ताङ–तिब्बतको सीमा नाका कोरला भएर आउने गर्दछ । हिमाली जडिबुटी खाएर हुर्किएकाले भेडा–च्याङग्राको मासु निकै स्वादिलो हुनेहुँदा नेपालीले दशैं तिहारमा भेडा च्याङ्ग्राकै मासु खान मन पराउँछन् । व्यापारीहरु भेडा–च्याङ्ग्रा खरिद गर्नका लागि भन्दै किसानको गोठमै पुग्ने गर्दछन्

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…