Logo मंसिर ९, २०७७ मंगलबार


दशैंमा बिजुली खपत घट्यो, दैनिक करोडौं रुपैयाँको बिजुली खेर

काठमाडौं । खपत कम भएपछि नेपालमा दैनिक करोडौं रुपैयाँ बराबरको बिजुली खेर गइरहेको छ ।

यो साता दशैंका कारण दैनिक ३ करोडको बिजुली खेर गइरहेको विद्युत प्राधिकरणले जनाएको छ । दशैंमा दिनमा ३० लाख युनिटभन्दा बढी बिजुली खेर गइरहेको छ । अहिले दिउँसो २०० मेगावाट र राती ३ सय मेगावाटसम्म बिजुली खेर गइरहेको प्राधिकारणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताउनुभयो ।

हिजोआज साँझको पिक आवरमा १२ सय मेगावाटसम्म बिजुलीको माग रहेको उहाँले बताउनुभयो । दिउँसो ७ सय मेगावाटसम्म माग हुने उहाँको भनाइ छ । तर राति ५ सय देखि साढे ५ मेगावाटमा झर्ने उहाँले बताउनुभयो ।

बिहान र बेलुकाको पिक समयमा अधिकतम् रुपमा नेपालबाट उत्पादित सबै बिजुली उपयोग भैरहेको पनि भट्टराईले बताउनुभयो । उहाँका अनुसार थोरै परिमाणका मात्रै भारतबाट बिजुली ल्याउँदा पिक आवरको माग धानिने अवस्था रहेको छ ।

प्राधिकरणलाई अबको केही हप्ता खपत र निर्यात नभएर खेर जाने बिजुलीको व्यवस्थापन समस्याको विषय बन्ने देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।