Logo बैशाख २, २०७८ बिहीबार


प्रविधिले बिर्साएको नेपाली पेशा

                                                            फाइल तस्बिर

दाङ । आधुनिक समाजमा विकास भएको आधुनिक संस्कारले हाम्रा कतिपय परम्परा र पेशानै ओझेलमा पर्न थालेका छन् । हामीले हाम्रो परम्परागत पेशा पहिचानलाई भुल्दै गएका छौं । मादल बनाउने वादी समुदायको पुख्रेयौली पेशा अहिले लोप हुने अवस्थामा पुगेको छ ।

पछिल्ला पुस्ताले मादल बनाउन छाडेका छन् भने मादल बनाउन वादी समुदायलेनै बिर्सिएका छन् । प्रविधिको विकाससँगै प्रयोगमा आएको आधुनिक उपकरणको प्रयोगले बजारमा मादलको माग घट्न थालेपछि मादल बनाउन छाडेको वादी समुदायको भनाइ छ ।

‘अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ’, ‘यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा संकटमा छ ।’ घरमै आएर माग गरेपछि मादल बनाउने गरेपनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको स्थानीय भुपबहादुर वादी बताउनुहुन्छ ।

त्यसैगरी, वादी समुदायको अर्को पेशा माछा मार्ने पनि हो । यो पनि धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गुर्नुभयो । ‘मादल पनि विक्न छोडेपछि हामीले माछा मार्ने पेशालाई जोड दिएका थियौ’, उहाँले भन्नुभयो, ‘तर , अहिले यो पेशा पनि धरापमा छ ।’ नदी तथा खोलाहरुमा करेन्ट लगाएर, विष हालेर सबै माछा मार्ने क्रम बढेपछि आफुहरुको यो पेशा पनि संकटमा परेको उहाँको भनाइ छ ।

जाल, बल्छिको प्रयोग गरेर माछा मार्ने गरेको भएपनि बजारबाट आएर करेन्ट आदि प्रयोग गरेर माछा मार्दा समस्या हुने गरेको छ । मादल बनाउने र माछा मार्ने दुवै पेशा धराममा परेपछि  दैनिकी चलाउन समस्या हुने गरेकाे वादी समुदायकाे गुनासाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।