Logo मंसिर ८, २०७७ सोमबार


युट्युव भिडियो बच्चाहरुका लागि खतरा बन्दै

-जीवनशैली डेस्क 

सामाजिक सञ्जालको रुपमा रहेको युट्युव च्यानल अहिले सबैभन्दा लोकप्रिय भिडियो प्लेटफर्मको रुपमा रहेको छ । युट्युवकै कारण धेरै टेलिभिजन च्यानलहरुले आफ्नो दर्शक गुमाएका छन् भने दर्शकका लागि भने युट्युव वरदान सावित भएको छ । आफूले हेर्न चाहेका हरेक भिडियो यसमा उपलब्ध हुनुका साथै राख्न चाहेका भिडियो समेत सजिलै राख्न पाइने र त्यसबाट आम्दानी पनि हुने भएपछि युट्युव अहिले सर्वप्रिय बनेको छ ।

तर यति लोकप्रिय च्यानल युट्युवले बच्चाहरुको स्वास्थ्य भने विगारिरहेको तथ्य सार्वजनिक भएको छ । अमेरिकाको एक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार युट्युव च्यानलका कारण बच्चाहरुको स्वास्थ्यमा गम्भीर असर हुने गर्दछ ।

अमेरिकी पीडियाट्रिक्स जर्नलमा प्रकाशित उक्त लेखका अनुसार युट्युवमा अपलोड भएका खानाको भिडियोका कारण बच्चाहरुमा माटोपन र अन्य स्वास्थ्य समस्याहरु देखिएको हो । युट्युव भिडियोमा देखाइने चिनीयुक्त खानेकुराको विज्ञापनबाट आकर्षित भएर बच्चाहरुले त्यस्तै खानेकुरा बढी खाँदा उनीहरुमा मोटोपनको समस्या देखिएको जर्नलमा उल्लेख छ । युट्युवमा देखाइने ४ सय भन्दा बढी खाना सम्बन्धी भिडियोलाई आधार बनाएर अनुसन्धान गरिएको थियो ।

युट्युवमा जंक फुडको आकर्षक भिडियो हेरेर बच्चाहरुले त्यस्तै खानेकुराको लागि जिद्दी गर्ने गरेको धेरै अभिभावकहरुको गुनासो आउने गरेको नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालका बाल मनोविद डा आरती आनन्द बताउछन् । यस्तो खानेकुराले बच्चाहरुको स्वास्थ्यमा नकरात्मक असर देखिने उनको भनाइ छ ।

युट्युवको विज्ञापनमा देखाइने ९० प्रतिशत भन्दा बढी आकर्षक खानेकुरा स्वास्थ्यका लागि खतरनाक रहेको विज्ञहरु बताउछन् । यसरी युट्युवमा विज्ञापन गर्नेमा प्रतिष्ठित कम्पनी र ब्राण्डहरु समेत रहेका छन् । यी विज्ञापनहरुमा देखाइने मिल्कसेक,चकलेट,फ्रेञ्च फ्राइ,सफ्ट ड्रिङ्स,चीज बर्गर जस्ता खानेकुरा बच्चाहरुले बढी मनपराउने गर्दछन्,जुन स्वास्थ्यका दृष्टिले भने फाइदाजनक छैन ।

कोरोनाका कारण स्कूल बन्द हुँदा धेरै बच्चाहरु अधिकांश समय स्क्रिनमा व्यस्त हुने गर्दछन् । यही मौका उठाएर धेरै कम्पनीहरुले युट्युवलाई विज्ञापन दिने प्रमुख प्लेटफर्मका रुपमा लिएका छन् ।

अमेरिकामा २ देखि १९ वर्ष उमेरका २० प्रतिशत बच्चाहरुमा मोटोपनको समस्या रहेको छ । सन् १९७० को दशकमा यो प्रतिशत केवल ५ दशमलव ५ मात्र थियो । जंक फुडको विकास र लोकप्रियतासँगै बच्चाहरुमा मोटोपनको समस्या बढ्दै गएको एक रिसर्चले पुष्टि गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकाेमा अब डिभाइडर राखिने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे…