Logo मंसिर ८, २०७७ सोमबार


पूर्व प्रमुखसचिव खनालको निधन

काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ कालीमाटीस्थित निवासमा निधन भएको हो ।

मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत हुनुहुन्थ्यो । मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेख्नुभएको छ ।

तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गर्नुभएको थियो । उहाँकी श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । काठमाडौंमा निधन हुनुभएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उहाँकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकाेमा अब डिभाइडर राखिने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे…