Logo माघ १३, २०७७ मंगलबार


खुट्टा छिनाइएकाे घटनाबारे अनुसन्धान गर्न ३३ जनालाई पक्राउ

दाङ । जिल्लामा खुट्टा छिनालिएको घटनाबारे अनुसन्धान गर्न ३३ जना युवालाई नियन्त्रणमा लिइएको छ । तुलसीपुरका कुमार विकको खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न प्रहरीले ३३ युवालाई नियन्त्रणमा लिएको हो ।

तुलसीपुर उपमहानगरपालिका–११ नवलपुरका  ४५ वर्षीय विक तुलसीपुर-१० गोलौरीमा सोमबार राति खुट्टा छिनालिएको अवस्थामा फेला परेका थिए । उनकाे दुबै हातमा धारिलो हतियारले छिया छिया हुने गरी काटिएको थियाे । प्रहरीले उनलाई मध्यरातमा द्धार गरी अस्पताल पर्याएको थियाे ।

विकमाथि अपरिचित समुहले आक्रमण गरेकाे थियाे । यहि घटना अनुसन्धान गर्न गोलौरी आसपासका ३३ जना युवाहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ । पक्राउ परेकाहरू माथि सोधपुछ र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।