Logo बैशाख ३, २०७८ शुक्रबार


ग्राभेल भन्दै सडकमा बालुवा हालेपछि..

सनिउल्ला धोबी
कपिलवस्तु । जिल्लाको विजयनगर गाँउपालिकाले ग्राभेल भन्दै सडकमा बालुवा हालेपछि स्थानिय निरास भएका छन् । विजयनगर गाँउपालिका वडा नं ३ मैनारी महादेइया सडकमा ग्राभेल भन्दै मिस्कट हाल्नु पर्नेमा बालुवा हालिएको छ ।

सडक बन्ने भएपछि खुसी भएका मैनारी र महादेइयाका स्थानिय ग्राभेलको ठाउँमा बालुवा देखेपछि एकाएक निरास भएका छन् ।  सडकमा हिड्ने मोटरसाइकल, साइकलको पाङग्रो बालुवामा गाडीएर आवत जावत गर्ने जो कोहीले पनि सास्ती भोग्नु परेको छ ।

गाँउपालिकाले केही बर्ष पहिले मैनारी, महादेइया सडक खण्ड कालोपत्रे गर्न रकम विनियोजन गरेको थियो । ठेकेदारको लापर्वाहीले सडक कालोपत्रे नगरी अंशिक रुपमा ग्राभेल मात्र गरेको थियो । कालोपत्रे हुनुपर्ने सडकमा ग्राभेल भएपछी अख्तीयार दुरुपयोग अनुसान्धन आयोगले उक्त सडकको निर्माण कार्य रोक्का गर्न गाँउपालिकलाई निर्देशन दिएको थियो ।

गाँउपालिकाले सडक निर्माण नगरी मैनारी गाँउको पश्चिम तर्फको सडक निर्माण गरेको थियो । गाँउपालिकाले उक्त सडक ५५ लाखमा कालोपत्रे गरेको खुल्नमा आएकाे छ ।  अहिले अख्तीयार दुरुपयोग अनुसान्धन आयोगले पुन: मैनारी महादेइया सडक खण्डको बाँकी रहेको सडक मर्मत गर्न आदेश दिएको थियो । गाँउपालिकाले उक्त सडकमा ग्राभेल नहाली वालुवै, वालुवा मात्र राखेको छ ।

‘सडकमा हिडन समेत सकिदैन । पुरै बालुवा मात्र हालीएको छ ।’ विजयनगर महादेइयाका स्थानिय राम निवास पुरी बताउनुहुन्छ ।

यता विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले ‘सडकमा धेरै खल्डा खुल्डी भएकाले मिस्कट नपाएपछी मसिनो ढुङगा हालेको बताउनुहुन्छ ।’ खोलानाला नखुलेको अवस्थामा मसिनो ढुङगा पाइयो त्यही हालेका छौ ।” उहाँको भनाई छ ।

त्यस्तै, विजयनगर गाँउपालिकाका इन्जीनियर राहुल राज पाण्डेले पनि उक्त सडकमा मसिनो ढुङगा हालेको दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…