Logo मंसिर ९, २०७७ मंगलबार


नेकपामा कम्युनिष्ट ट्रेडमार्क बेचेर खानेहरुको बर्चस्व भयो : नारायणकाजी (भिडियाेसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा कम्युनिष्ट ट्रेडमार्क बेचेर खानेहरूकाे बर्चस्व बढेकाे बताउनुभएकाे छ ।  जनता टेलिभिजनकाे कार्यक्रम द भ्यू मा प्रस्ताेता अशेष घिमिरेसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले कम्युनिष्ट पार्टीलाइ ट्रेडमार्क मात्रै बनाउने कि साँच्चिकै क्रान्तिकारी पार्टीकाे रूपमा विकसित गर्ने भन्ने दुइटा प्रवृति रहेकाे बताउनुभयाे ।

पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका नेता श्रेष्ठले केही दिनअघि मात्रै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने काम भएको टिप्पणी गर्नुभयाे । यस्तो भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर बनाउने उहाँकाे भनाइ छ ।

नेकपाभित्र राष्ट्रियताको सन्दर्भमा मात्रै नभई दुई तिहाई जनमत प्राप्त पार्टी नेतृत्वको सरकारले जनताका अपेक्षा बमोजिम काम गर्न नसकेको, पार्टी र सरकारबीचको समन्वयमा समस्या देखिएको, पार्टी बैठकका निर्णयहरु पालना नभएको र निरन्तर विधि, पद्धति एवं निर्णयहहरुको उलंघन भइरहेको भन्दै नेतृत्वको कडा आलोचना हुँदै आएको समयमा प्रवक्ता श्रेष्ठले सरकारले आचार संहिताअनुरुप काम नगरेको भन्दै कडा आलोचना गर्नुभएको छ ।

भिडियाे : 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।