Logo बैशाख १, २०७८ बुधबार


‘तयारी नपुगेपछि’ नेकपाको केन्द्रीय समिति बैठक एक महिनापछि सर्‍याे

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ ।

कात्तिक १५ देखि १७ गतेसम्मका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै एक महिना पछि घकेलिएको हो । नेकपाको केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ ।

कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भदौ २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…