ग्राभेल भन्दै सडकमा बालुवा हालेपछि…

सनिउल्ला धोबी,
कपिलवस्तु । विजयनगर गाँउपालिकाले ग्राभेल भन्दै सडकमा बालुवा हालेपछि स्थानीय निरास भएका छन् । विजयनगर गाँउपालिका–३ मैनारी महादेइया सडकमा ग्राभेल भन्दै मिस्कट हाल्नु पर्नेमा बालुवा हालिएको हो ।
सडक बन्ने भएपछि खुशी भएका मैनारी र महादेइयाका स्थानीय ग्राभेलको ठाउँमा बालुवादेखेपछि निरास भएका छन् । सडकमा हिड्ने मोटरसाइकल, साइकलको पाङग्रा बालुवामा गाडिएर आवतजावत समस्या भोग्नु परेको स्थानीयको गुनासो छ ।
गाँउपालिकाले केही वर्ष पहिले मैनारी, महादेइया सडक खण्ड कालोपत्रे गर्न रकम विनियोजन गरेको थियो । ठेकेदारले लपरबाही गरी उक्त सडकमा कालोपत्रे नगरीआंशिक रुपमा ग्राभेल मात्र गरेको थियो । कालोपत्रे हुनुपर्ने सडकमा ग्राभेल भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकको निर्माण कार्य रोक्का गर्न गाँउपालिकलाई निर्देशन दिएको थियो ।
गाउँपालिकाले सडक निर्माण नगरी मैनारी गाँउको पश्चिम तर्फको सडक निर्माण गरेको थियो । सडक ५५ लाख रुपैयाँको लागतमा कालोपत्रे गरेको बताइएको छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः मैनारी महादेइया सडकखण्डको बाँकी रहेको सडक मर्मत गर्न निर्देशन दिएको छ । अहिले सडकमा ग्राभेलको सट्टा वालुवा मात्र राखेको छाेडिएकाे छ ।
विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, ‘सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।’
विजयनगर गाँउपालिकाका अध्यक्ष गोपालबहादुर थापाले सडकमा धेरै खल्डाखुल्डी भएकाले मिस्कट नपाएपछि मसिनो ढुङगा हालेको बताउनुभएको छ । सडकको ठेक्का भएको तर अंशिक बाँकी रहेको सडकमा मसिनो ढुङ्गा हालिएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘खोलानाला नखुलेको अवस्थामा मसिनो ढुङ्गा पाइयो, त्यही हालेका छौ ।’
सडकमा मसिनो ढुङगा हालेको इन्जिनियर राहुलराज पाण्डेकाे पनि दाबी छ ।