Logo बैशाख १, २०७८ बुधबार


जसपाका संघीय सांसदहरूका लागि मासिक १५ हजार लेवी निर्धारण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय सांसदहरूको मासिक लेवी रकम तोकेको हो ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण भएर बनेको जसपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ जना सांसद छन् । जस अनुसार सांसदहरुबाट मात्र मासिक लेवी वापत ५ लाख ५५ हजार रुपैयाँ पार्टी कोषमा जम्मा हुनेछ ।

यस्तै केन्द्रीय कार्यकारी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद र राष्ट्रिय समितिका सदस्यहरूलाई भने २५० देखि एक हजार रुपैयाँ मासिक लेबी तोकिएको छ ।

लेबीबाट संकलित रकमको ३० प्रतिशत पार्टीको केन्द्रीय समिति, ३० प्रतिशत प्रदेश समिति र ४० प्रतिशत स्थानीय तहका समितिले खर्च गर्न पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…