Logo मंसिर १४, २०७७ आइतबार


नेपालमा १ हजार ९५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप एक हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ९५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । काठमाडौंमा ६१६., भक्तपुरमा २९. र ललितपुरमा ११८ गरी जम्मा ८४३ जना संक्रमित थपिएका छन् । आजसम्म १४ लाख ९ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज हुनेको संख्या दुई हजार ९ सय ८१ जना रहेका छन् ।

हालसम्म एक लाख २१ हजार ८२४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'