Logo मंसिर ११, २०७७ बिहीबार


काेराेना परीक्षण र उपचार निशुल्क : मुख्यमन्त्री

सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोराेनाविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निशुल्क परीक्षण र उपचार निरन्तर जारी रहने बताउनुभएकाे छ ।

दशैंको टीकाका लागि जन्मथलो डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिना काम घर बाहिर ननिस्किन समेत उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री भट्टले कोरोना जोखिमबाट सबै नागरिक सजग भएर हिँड्नु पर्ने धारणा राख्दै भन्नुभयो, “कोरोना जाँच र उपचार निशुल्क गर्दै आएका छौँ तर नागरिकले पनि कोरोना जोखिमबाट बच्न सावधानी अपनाउनु पर्ने हुन्छ ।”

भट्टले प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराई, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लसँग मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा भेटी कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य तथा जिल्लाको शान्ति सुरक्षामा कमी हुन नदिन निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…