Logo मंसिर ११, २०७७ बिहीबार


काठमाडौंसहित हिमालयन क्षेत्र भूकम्पको उच्च जोखिममा, शक्तिशाली भूकम्प जाने खतरा

काठमाडौं । हिमालयन क्षेत्रमा निकट भविष्यमा महाविनाशकारी भूकम्प जाने खतरा रहेको एउटा नयाँ अध्ययनले देखाएको छ ।

भूगर्भशास्त्रीय,एतिहासिक र भौगोलिक डेटाको समीक्षा गरि गरिएको अध्ययन अनुसार हाम्रै जीवनकालमा ८ वा त्योभन्दा बढी म्याग्निच्युटको शक्तिशाली भूकम्प जाने खतरा रहेको छ । हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

हिमालय क्षेत्रको अग्रभागमा रहेका ठूला शहरहरु भारतको चण्डिगढ र देहरादूनका साथै नेपालको काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताइएको छ । यी शहरहरुमा बढेको जनघनत्वले भूगर्भीय चाप बढ्नाले भूकम्पको जोखिम बढेको अध्ययनको निचोड छ ।

निकट भविष्यमा हिमालयन क्षेत्रमा आउने भूकम्प २० औं शताब्दीमा अलेस्का उपक्षेत्र अन्तर्गत पर्ने अलस्काको खाडीदेखि रुसी सुदुरपूर्वको कामचटकासम्म फैलिएको विशाल भूकम्प जत्तिकै शक्तिशाली हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

पूर्वमा भारतको अरुणाञ्चलदेखि पश्चिममा पाकिस्तानको सीमानासम्मका सम्पूर्ण हिमायन क्षेत्र विगतमा ठूलो भूकम्पको स्रोत रहेको अध्ययनमा संलग्न स्टिभनजी वेस्नोस्कीले बताए ।

-इण्डिया डटकमबाट साभार

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…