Logo बैशाख ३१, २०७८ शुक्रबार


आतङ्कवादी समूहको सम्पत्ति रोक्का

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय एक सय दुई आतंकवादी व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का गरेको छ । सम्पत्ति तथा कोष रोक्का हुनेमा आतंकवादी क्रियाकलापमा संलग्न विश्वका २४ भन्दा बढी देशका व्यक्ति र समूह परेका छन् ।

पछिल्लो समय श्रीलंकाले गरेको अनुरोध अनुसार आतंकवादी व्यक्ति तथा समूहको सम्पत्ति तथा कोष रोक्का सूची अद्यावधिक गरी गत साता गृहले सम्बन्धित निकायहरूलाई पठाएको थियो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले आतंकवादीहरूको पैसा नेपाल नआओस् र त्यस्तो कुनै क्रियाकलाप पनि हुन नसकोस् भनी उनीहरूको सम्पत्ति तथा कोष रोक्का गरिएको बताउनुभयो ।

नेपाल सरकारले सम्पत्ति तथा कोष रोक्का गरेको अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा ११ वटा समूह र ९१ व्यक्ति रहेका छन् । विश्वका २४ देशका ७५ जना तथा समूह उक्त सूचीमा रहेका छन् भने बाँकी २७ आतंकवादी व्यक्ति तथा समूहको कून देशका हुन् भन्ने सूचीमा छुट्याइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…