Logo बैशाख ३१, २०७८ शुक्रबार


बैंकका कर्मचारीमा डेंगुसहित कोरोना संक्रमण पुष्टि

काठमाडौं । हिमाली जिल्ला मुस्ताङको जोमसोममा कार्यरत बैंकका कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण पुष्टी भएकोे छ ।  जोमसोमस्थित सांग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

पोखरामा स्वास्थ्य परीक्षण गर्दा डेंगुसहित कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिनुभयो । संक्रमीत कर्मचारी मुस्ताङबाट दसैं अघि कार्तिक ३ गते घर गएका थिए ।

स्वास्थ्यमा केही समस्या देखिएपछि पोखरा बसपार्कस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा डेंगु पोजिटिभ देखिएको हो । त्यसपछि पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएकोे स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

सरकारले पछिल्लो समय निशेधाज्ञा हटाएपछि मुस्ताङमा कर्मचारी, शिक्षक ,जनप्रतिनिधी, विभिन्न संघसंस्था लगायतका व्यक्तिको आउजाउ बढेसँगै कोरोनो जोखिम बढेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…