Logo मंसिर १०, २०७७ बुधबार


ट्रकले ठक्करदिँदा बाटाे काट्दै गरेका पुरूषकाे मृत्यु

कैलाली । जिल्लामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्तर्गत चटकपुरमा ना. ३ ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिँदा बुधबार पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका वीरसिंह विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी बाटो काट्ने क्रममा गम्भीर घाइते भएका र  धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयाे ।

ठक्कर दिने ट्रकका चालक फेला नपरेकाले खोजी कार्य भइरहेको बताइएको छ भने ट्रकका साहु सम्पर्कमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

माइलोमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।