Logo मंसिर ९, २०७७ मंगलबार


सप्तकोशीमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

विद्यानन्द राम
राजविराज । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै  सेवा स्थगित गरेकाे छ । ३१ जनामा काेराेना संक्रमण देखिएपछि कार्तिक १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको हो ।

नगरपालिकाले बुधवार सूचना जारी गर्दै कात्तिक ४ र ७ गते गराइएको परिक्षणमा संक्रमण देखिएपछि  रोकथाम तथा नियन्त्रणका लागि सेवा स्थगित गरेको हो । कार्यालय मातहतका वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि स्थगित गरिएको जनाएको छ ।

यसैगरी, समुदायस्तरमा फैलिएको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न वडा नम्वर १० र ११ मा पूर्ण रुपमा लकडाउन र सिल गरिएको सूचनामा उल्लेख छ ।

अर्को सूचना जारी नभएसम्म कोरोनाबाट जोगिन उच्च सतर्कता अपनाउन तथा स्वास्थ्य मापदण्डको पालना गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।