Logo मंसिर ९, २०७७ मंगलबार


तीन करोड २७ लाख संक्रमणमुक्त, ११ लाख ७८ हजारको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म तीन करोड २७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बिहीबार बिहानसम्ममा कोरोनामुक्त हुनेको संख्या तीन करोड २७ लाख एक हजार ५९ पुगेको हो ।

हाल विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ४७ लाख ३८ हजार ९९ पुगेको छ । संक्रमितमध्ये ११ लाख ७८ हजार पाँच सय १३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९१ लाख १७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यहाँ अहिले पनि २९ लाख ६८ हजारभन्दा बढी संक्रमित अवस्थामा नै छन् । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३३ हजार एक सय २३ पुगेको छ ।

भारतमा हालसम्म ८० लाख ३८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यहाँ अहिले पनि ६ लाख तीन हजार दुई सय ५१ जना संक्रमित अवस्थामा नै छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २० हजार पाँच सय ६३ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । हाल यहाँ सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ जना रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म आठ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।