Logo मंसिर ९, २०७७ मंगलबार


एकैदिन ७,१०४ जना संक्रमितको मृत्यु

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा सात हजारभन्दा बढी कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सात हजार एक सय चार संक्रमितको मृत्यु भएको हो ।

योसँगै विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्ममा ११ लाख ७८ हजार पाँच सय २७ पुगेको छ । कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मात्र दुई लाख ३३ हजार एक सय २२ जना मानिसको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र एक हजार ३९ जना संक्रमितको मृत्यु भएको छ ।

अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा चार सय ८७ जनाको मृत्यु भएसँगै हालसम्म एक लाख ५८ हजार चार सय ६८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा पछिल्लो २४ घण्टामा पाँच सय नौ कोरोना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार पाँच सय ६३ पुगेको छ ।

विश्वमा पछिल्लो २४ घण्टामा पाँच लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ । विश्वमा कुल संक्रमितको संख्या चार करोड ४७ लाख ३९ हजारभन्दा बढी पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।