Logo मंसिर ९, २०७७ मंगलबार


सुरक्षाबलसँगको झडपमा ५ तालिबानको मृत्यु

काठमाडौं । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपमा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ ।

कमाण्डरसहित मारिएका तालिबानहरु हालै मात्र जेलमुक्त भएका थिए । अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि दुवै देशबीचको सम्झौताअनुसार उनीहरुलाई जेलमुक्त गरिएको थियो ।

स्थानीय प्रहरी प्रमुख हेक्मतुल्लाह कोचीले बुधबार हालै जेलमुक्त भएका ५ हजार तालिवान कैदीबीच छुटेका कमान्डर अहमद शाहलाई गोली हानेर मारेको एक प्रेस विज्ञप्तिमा जानकारी दिनुभएको छ ।

अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आएका यी पाँच तालिबान लडाकू मारिनुको साथै अरु दुई तालिबानी लडाकू घाइते भएका कोचीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।