Logo मंसिर १२, २०७७ शुक्रबार


मृत अवस्थामा ४ जनाको शव भेटियो

काठमाडौं । देशका विभिन्न ठाउँमा चार जनाको शव भेटिएको छ । काठमाडौं, ईलाम, पाँचथर र डडेलधुरामा चार जनाको शव भेटिएको हो ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगर मञ्जुश्री मार्गस्थित बुधबार बिहान एक शव भेटिएको छ । आरामदायिक होटेलको स्टाफ कोठामा तनहुँ भानु नगरपालिका चम्बास घर भएका ५१ वर्षीय भरत बाबु कडेंल मृत अवस्थामा फेला परेका हुन् । उनी २०७६ चैत
महिनादेखि उक्त कोठामा बस्दै आएको बुझिएको छ ।

ईलामको माईजोगमाई गाउँपालिका–४ हातिटार बस्ने ४२ वर्षीय पबित्रा तिरुवा आफ्नै घरमा मंगलबार दिउँसो मृत अवस्थामा
फेला परेकी छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ थुमथुमे बस्ने ५२ वर्षीय राम बहादुर लावती आफ्नै घरदेखि करिब एक सय मिटर टाढा कुरुङ खोला नजिक खोल्सोमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी डडेल्धुरा, अमरगढी नगरपालिका–१० परिबन सामुदायिक जंगलको बीच खोल्साको पानीमा एक जनाको शव भेटिएको छ । बुधबार बिहान मृत अवस्थामा फेला परेका करिब ६० वर्षीय पुरुषको हाल परिचय खुलेको छैन । चार वटै घटनाका बारेमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…