Logo मंसिर ८, २०७७ सोमबार


तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिनुभएको हो ।

निमार्ण सम्झौता भएको लामो समय पछि पनि कामको शुरु नगरेका जिल्लाका सबै योजना र ठेकेदारको नामसहित तथ्याकं संकलन गरी कारवाहीका लागि सिफारिस पठाउन आफूलाई मुख्यमन्त्री भट्टले निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा काम नसक्ने तथा सम्झौता भएर पनि काम नगर्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि पठाउन निर्देशन भएको छ, सोहीबमोजिम प्रक्रिया अगाडि बढाउँदै छौँ ।”

जिल्लामा अधिकांश योजना निमार्ण व्यवसायीको लापरवाहीका कारण ढिलासुस्ती भइरहेको यहाँका नागरिकहरुले मुख्यमन्त्रीसमक्ष गुनासो गरेपछि त्यस्ता कम्पनीलाई आवश्यक निर्देशनसहित कारवाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्रीले निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

दिपायल पुलदेखि एयरर्पोटसम्म जाने सडक पिच गर्नका लागि ठेक्का भएको लामो समय भएको भए पनि काम नगरेको प्रति चाँसो राख्दै मुख्यमन्त्री भट्टले तत्काल उक्त कार्य सुचारु गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुहुँदै काम अगाडि नबढाए कारवाहीका लागि सिफारिस गर्न आग्रह गर्नुभएको थियो ।

मुख्यमन्त्री भट्टको निर्देशनपछि अहिले जिल्ला प्रशासन कार्यालयले जिल्लामा काम सम्पन्न नभएका तथा सम्झौता भएको लामो समयसम्म पनि काम सुचारु नगरेका ठेक्का तथा ठेक्का सम्झौता गर्ने निर्माण कम्पिनीको तथ्याकं संकलन कार्य अगाडि बढाइएको छ । ठेकेदारको लापरवाहीका कारण जिल्लामा एक दर्जन बढी योजना अल्पत्रमा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकाेमा अब डिभाइडर राखिने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे…