Logo बैशाख २, २०७८ बिहीबार


दशैंको टीका नसकिँदै भारत जानेको लर्को

काठमाडौं । दशैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबलासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेख सीमा पार गर्न पालो कुरिरहेका थिए । कोरोना महामारीको डरले जन्मथलो फर्केका उनी जस्ता कैयौँ पारिवार पाल्नकै लागि कर्मथलो फर्कन बाध्य छन् । रोजगारीका लागि भारत फर्कन गैरागाउँकै अन्य १७ जना पनि विककै लाइनमा उभिएका थिए । उनीहरु विकसँगै बुधबार नै घरबाट निस्किएका हुन् ।

त्यसैगरी कैलाली मोहन्यालका तीर्थराज जोशी पनि परिवारसहित भारतको बेंग्लोर जान लागेका छन् । उनी पनि असारमै घर आएका थिए । डडेलधुरा परिगाउँका प्रकाश धामीसहित ६ जना युवा पनि नाकाबाट भारत छिर्दै थिए । उनीहरुले यहाँबाट गएर तुरुन्तै घरमा पैसा पठाउन सके मात्रै परिवारले तीहार मनाउन पाउने बताए । बर्दिया राजापुरका १५ जनाको समूहमा रहेका रमेश सुनुवारले गरिबीका कारण बेंग्लोरमा काम गर्न जान लागेको बताए ।

उनीहरु त केही प्रतिनिधि पात्र मात्र हुन् । सुदूरपश्चिमका अधिकांश जिल्लाका धेरै मानिस रोजगारीका लागि भारतमै भर पर्दै आएका छन् । कोरोना भाइरसको महामारीका कारण घर आएकाहरु पनि आर्थिक समस्याले पिरोल्न थालेपछि दशैं मनाएर नसकिँदै कर्मथलो फर्किन थालेका हुन् ।

सरकारले रोजगारी गुमाएर घर फर्केकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि कोरोना कहरबीच विदेशीरहेका युवाले भने कुनै जानकारी समेत नपाएको गुनासो गरेका छन् । गाउँमा रोजगारी नभएको र भारतका सबैजसो ठाउँमा काम पाइने, रासन सस्तो हुने र ज्याला पनि राम्रो भएकाले आफूहरु वर्षौँदेखि उतै गइरहेको उनीहरु बताउँछन् ।

सशस्त्र प्रहरी बलको गौरीफन्टा सीमा चेक पोष्टका असइ शंकर बोगटीका अनुसार बिहीबार मात्रै एक हजार सात सय ८७ जना नेपाली भारततर्फ लागेका छन् । बुधबार यो संख्या एक हजार ६ सयभन्दा बढी थियो । दशैंको टीकापछिका तीन दिनमा तीन हजार पाँच सयभन्दा धेरै नेपाली यस नाका हुँदै भारत पसेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…