Logo बैशाख ५, २०७८ आइतबार


चितवन निकुञ्जमा एक सिंगे गैंडा मर्ने क्रम बढ्यो, कारण खोज्न विशेष टोली गठन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मर्ने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

यसबारे अध्ययन गर्न चितवन पार्कले एक टोली गठन गरेको छ ।

पार्कका संरक्षण सह अधिकृत तथा गैंडा विशेषज्ञ ऋषी रानाभाट नेतृत्वमा गठन भएको टोलीमा तीन सदस्य रहेका छन् । टोलीलाई गैंडाको मृत्यु बढ्नुको वैज्ञानिक कारणबारे अध्ययन गरेर सुझाव पेश गर्ने कार्यदेश दिइएको निकुञ्ज प्रमुख अननाथ बरालले बताउनुभयो ।

पछिल्लो समय निकुञ्जमा गैंडा मर्ने क्रम बढेको छ । गैंडा यसरी मर्नुमा प्राकृतिक र केही अन्य कारण हुन सक्ने बरालले बताउनुभयो । टोलीले यही विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । प्रतिवेदन आएपछि गैंडाको मृत्यु दर कसरी घटाउन सकिन्छ भन्नेबारे योजना बनाइने उहाँको भनाइ छ ।

टोलीमा सौराहस्थित जैविक विविधता संरक्षण केन्द्रका प्रमुख बाबुराम लामिछाने र पशु चिकित्सक डा अमिर सुदुल्लाह सदस्य रहनुभएको छ ।

यसअघि गरिएको गैडाको गणनामा चितवन पार्कमा मात्र ६०५ वटा एक सिंगे गैंडा रहेको पाइएको थियो । तर पछिल्लो समयमा गैंडा मर्ने क्रम बढेपछि चिन्ता थपिएको निकुञ्ज प्रमुख बरालले बताउनुभयो ।

सन् २०१६–१७ मा २५ वटा गैंडा मृत फेला परेका थिए भने सन् २०१७–१८ मा यो संख्या २६ रहेको थियो । तर सन् २०१८–१९ मा झण्डै दोब्बर संख्या अर्थात ४३ वटा गैंडा मृत फेला परेका थिए ।

सन् २०१९–२० मा पनि २६ गैंडाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको हालसम्म ९ वटा गैंडाको मृत्यु भएको रिपोर्ट दर्ता भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।