Logo मंसिर १०, २०७७ बुधबार


सरकारका गतिविधि नियालेर निरन्तर सुझाव दिन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरन्तर सुझाव र आलोचना दिन संचारकर्मीलाई अनुरोध गर्नुभएको छ । लोकतन्त्रमा मिडियालाई चौथो अङ्गका रुपमा लिइने भएकाले सरकारका गतिविधिलाई निरन्तर नियालेर सुझाव र आलोचना दिन आग्रह गर्नुभएको हो ।

उहाँले मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्दत गर्ने धारणा व्यक्त गर्दै मिडिया र पत्रकारलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी सरकार अघि बढ्ने स्पष्ट गर्नुभयो ।

पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा नेपाल पत्रकार महासंघका १३ बुँदे सुझावपत्र बिहीबार मन्त्रालयमा बुझ्दै मन्त्री पौडेलले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा महासंघसँग घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने बताउनुभयो ।

महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको थियो । अध्यक्ष आचार्यले कोराना भाइरसले उत्पन्न गरेको जटिल स्थितिमा पनि अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानमा परेको प्रभाव र असरबाट उत्पन्न समस्या सम्बोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

माइलोमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।