Logo मंसिर ९, २०७७ मंगलबार


खाली पेटमा कफी सेवन : खतरनाक रोगको सिकार

काठमाडौं । एका बिहानै खाली पेटमा कफीको सेवन गर्ने बानी छ ? त्यसो भए एक पटक विचार गर्नुहोस् त तपाईले पिएको त्यहि कफीले तपाँईको शरिरलाई कत्तिको फाईदा पुगेको छ । बिहान कफी पिउने धेरैको बानी हुन्छ । हुनत: कफीको सेवनले सक्रिय र शक्ति थपिएको अनुभव त हुन्छ अझ यसमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेल पनि सक्रिय बनाउँछ ।

तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता गरिरहेको हुन्छ । ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक नयाँ अध्ययनका अनुसार बिहान खाली पेटमा कफी पिउँदा शरीरको मेटाबोलिज्म र रगतमा हुने चिनीमा असर पुर्‍याउँछ ।

कहिलेकाँही अपुरो निन्द्रा, थकान, आलस्य हटाउनका लागि खाली पेटमा बिहानै कफी पिउने गरिन्छ । त्यो समयमा कफीको सेवनले शरीरमा परिवर्तन त आउँछ तर यसले मेटाबोलिज्म बिगार्छ र रगतमा चिनीको मात्रा बढाउँछ । लामो समयसम्म यसरी परिवर्तन भइरहँदा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ । मघुमेह र मुटु रोगको सिकार हुने सम्भावना बढी हुने भएकाले बिहानै उठेर कफीको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक नभएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।

ब्रिटिश जर्नल अफ न्यट्रिशनमा प्रकाशित एक अनुसन्धामा बिहानको खाजाभन्दा पहिले कफी पिउनेको शरीरमा ब्लड सुगर भएको पत्ता लगेको थियो । उक्त अनुसन्धानमा २१ वर्ष उमेरका ३० जना व्यक्ति सामेल थिए । अनुसन्धानको सिलसिलामा यी मानिसलाई तीन समुहमा विभाजन गरिएको थियो । र रातको अधुरो निन्द्राका कारण हुने आलस्यबाट छुटकारा पाउनका लागि विभिन्न प्रकारका पेयपदार्थ दिइएको थियो । कुनै चिनी भएको पेय पदार्थ दिइयो भने,  कुनै स्ट्रोङ कफी । र बिहानको खाजाभन्दा पहिले कफीको सेवन गर्नेहरुमध्ये ५० प्रतिशतभन्दा बढीमा ब्लड सुगर बढेको भेटियो ।

खाली पेटमा लगातार कफी पिउने बानीले शरीरमा असर पुर्‍याउँछ विशेष मुटुमा असर गर्छ भने यसको सेवनले इन्सुलिन रेस्पोन्स पनि प्रभावित हुने वैज्ञानिकहरुले जनाएका छन् । एजेन्सी 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।