Logo बैशाख ३१, २०७८ शुक्रबार


चितवनमा थप दुई संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । चितवन र रुपन्देहीका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

चितवनको रत्‍ननगरपालिका–९ का ८८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ ।

त्यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनमा ज्वरो, उच्च रक्तचाप र श्‍वासप्रश्‍वासको समस्या थियो । उनको बिहीबार राति मृत्यु भएको अस्पतालले जर्नाको छ । दुवै जनाको अस्पतालको कोभिड आईसीयू कक्षमा राखेर उपचार भइरहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…