Logo बैशाख २, २०७८ बिहीबार


विश्वरूप मन्दिर पुनर्निर्माण गर्न पुरातत्वको स्वीकृति

काठमाडौं । पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको पाँच वर्षपछि विश्वरूप मन्दिरको पुनर्निर्माणको बाटो खुलेको हो ।

पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण मन्दिरको पुनर्निर्माणको काम शुरु हुन सकेको थिएन । पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनर्निर्माणको काम शुरु गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मन्दिरसहित वरिपरिको सत्तल पुनर्निर्माणका लागि ७० करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको हो। बहुवर्षीय योजना अन्तर्गत आर्थिक वर्ष २०७८/२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनर्निर्माण सक्ने लक्ष्य छ । पुनर्निर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।