Logo मंसिर ९, २०७७ मंगलबार


दशैंपछि उपत्यका भित्रिनेकाे संख्या न्यून

काठमाडाैं । गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो ।

गत वर्ष दशैंअघि उपत्यकाबाट दशदेखि १२ लाखकाे हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरु उपत्यका बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यो वर्ष १ लाखले मात्रै उपत्यका छोडेका छन् । लकडाउन र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दशैं तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उहाँले बताउनुभयो । अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भीड नदेखिएकाे उहाँकाे भनाइ छ ।

ट्राफिक प्रहरीले अहिले सवारी साधानमा जोर विजोर कायम गर्ने, भौतिक दूरी कायम गराउने, भीडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कारबाही गरिरहेको छ । दैनिक ८ वटा टोलीलाई यात्रुको भेषमा खटाएर सार्वजनिक सवारीहरुमा तोकिएभन्दा बढी भाडा लिए/नलिएको अनुगमन गरिरहेको उहाँले बताउनुभयो । अहिलेसम्म बढी भाडा लिने २ सय १५ वटा सर्वाजनिक सवारीलाई कारबाही गरिएको पनि उहाँले बताउनुभयो ।

ट्राफिक व्यवस्थापन सँगै सर्वसाधारणलाई कोभिडबाट बचाउने काम पनि ट्राफिक प्रहरीले गरिरहेको छ । उपत्यकामा ६६ ठाउँमा नियमित रुपमा मादक पदार्थ सेवन (मापसे) चेकजाँच भइरहेकोमा अहिले उपत्यका बाहिरिने थप ९ वटा नाकामा समेत चेकजाँचमा कडाई गरिएको प्रमुख ढकालले बताउनुभयो ।

दशैं अवधिमा ३ हजार १ सय १५ सवारी चालकलाई कारबाही गरिएको बताउँदै प्रमुख एसएसपी ढकालले गत वर्षको दशैंको अवधिको तुलनामा यो वर्ष कम दुर्घटना भएको बताउनुभयो । गत वर्ष दशैं अवधिमा ४ सय ३४ वटा दुर्घटना भएकोमा यो वर्ष ३ सय २० वटा दुर्घटना भएका छन् । लकडाउनअघि यो वर्ष दुर्घटनामा परेर एक सय चार जनाले ज्यान गुमाएका थिए भने लकडाउन पछिको अवस्थामा ६४ जनाको निधन भएको छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्यामा पनि ४० प्रतिशतले कमी आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।